टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको हो ।

टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले नगरप्रमुख, उपप्रमुखसहित २५१ जनाको उम्मेदवारी परेको जानकारी दिए ।

उनका अनुसार नगर उपप्रमुखमा ६, वडाध्यक्षमा ५८ जनाको उम्मेदवारी परेको छ ।

यसै गरी, वडा सदस्यमा ९७, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३२ जनाको उम्मेदवारी परेको शर्माले बताए ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट प्रकाश अधिकारी नगरप्रमुख र ज्ञानमाया डङ्गोल उपप्रमुखमा निर्वाचित भएका थिए ।

हाल नेकपा (एमाले)बाट वर्तमान नगरप्रमुख अधिकारी र उपप्रमुख डङ्गोलको उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखमा रजनी थापा र उपप्रमुखमा मुरारी तामाङको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

साविकको गोङ्गबु, धापासी, टोखा, झोर महाङ्काल गाउँ विकास समितिलाई समावेश गरेर स्थापना गरिएको टोखामा हाल ११ वडा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस