राष्ट्रपति सीद्वारा चीनका विश्वविद्यालयहरूको विकास गर्न नयाँ बाटो खोज्न आह्वान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति सीद्वारा चीनका विश्वविद्यालयहरूको विकास गर्न नयाँ बाटो खोज्न आह्वान


१३ बैशाख २०७९, मंगलबार


बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले सोमबार चिनियाँ विशेषता भएका विश्वस्तरीय विश्वविद्यालयहरू निर्माण गर्न नयाँ बाटो अघि बढाउन आह्वान गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले बेइजिङस्थित चीनको रेनमिन विश्वविद्यालयको भ्रमणका क्रममा उक्त टिप्पणी गरेका हुन् ।

राष्ट्रपति सीले पार्टीको नेतृत्वलाई पछ्याउन र विश्वविद्यालयहरू चलाउने क्रममा क्रान्तिकारी परम्परालाई पारित गर्न जोड दिएका छन् ।

उनले चीनका विश्वविद्यालयहरू विदेशी मापदण्ड र मोडेलको नक्कल गर्नबाट जोगिँदै आफ्नै विशेषताको हुनुपर्ने समेत बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस