कामपा प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कामपा प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ ।

प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन् भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका हुन् । प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् ।

उपप्रमुखमा उम्मेदवारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका हुन् ।

उम्मेदवारमध्ये १२ महिला छन् । आसन्न निर्वाचनका लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । मनोनयनको पहिलो दिन ११ गते प्रमुखका लागि १६ ले र उपप्रमुखका लागि १७ जनाले उम्मेदवारी दिएका थिए ।

काठमाडौँ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार काठमाडौँ जिल्लाका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस