एक लाख ३६ हजार २६९ उम्मेदवारी दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक लाख ३६ हजार २६९ उम्मेदवारी दर्ता


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ। स्थानीय तह निर्वाचनमा सात सय ५३ वटै पालिकामा १ लाख ३६ हजार दुई सय ६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि हुने चुनावमा आइतबार र सोमबार गरी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबाट उम्मेदवारी दर्ता भएको हो ।

२०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

कुन पदमा कति

मेयर: ३ हजार २६१

अध्यक्ष: ३ हजार २५४

उपमेयर: २ हजार ३

उपाध्यक्ष: २ हजार २९२

वडाध्यक्ष: ३२ हजार ५९

महिला सदस्य: २३ हजार ३ सय ७५

दलित महिला सदस्य: २१ हजार ११५

सदस्य: ४८ हजार ९१०

आयोगले आज उम्मेदवारको विरोधमा उजुरी दिन भनेको छ । १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्य तालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्य तालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस