साढे १६ हजार जनाले दर्ता गरे मनोनयन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साढे १६ हजार जनाले दर्ता गरे मनोनयन


१२ बैशाख २०७९, सोमबार


काठमाडौँ । स्थानीय तह निर्वाचनको मनोनयनको दोस्रो दिन सोमबार १२ बजेसम्म १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार आइतबार दिनभर र सोमबार दिउँसो १२ बजेसम्म सबै प्रदेशमा गरी १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको हो ।

जसमध्ये नगर प्रमुखमा ७६८ जना, गाउँपालिका अध्यक्षमा ६१४ जना, नगरपालिका उपप्रमुखमा ३८३ र उपाध्यक्षमा ३३४ जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै वडाध्यक्षमा चार हजार ४३९ जना, महिला सदस्यमा दुई हजार ५४१, वडा सदस्यमा पाँच हजार ४३० जनले उम्मेदवारी दर्ता गराएका आयोगले एक सूचना मार्फत जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस