एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्यायो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्यायो


१२ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनबाट आफूले पाएका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याएको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौँ महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको हो ।

एकीकृत समाजवादीका अनुसार हेटौडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उम्मेदवारी दिनेछन् ।

बुटवल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरले उम्मेदवारी दिनेछन् ।

आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिएका सबैले कलम चिन्ह लिएर प्रतिस्पर्धा गर्ने एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तालमेल भएका स्थानीय तहमा तालमेल अनुसार उम्मेदवारी दिने र तालमेल नभएका स्थानीय तहमा पार्टीका तर्फबाट समेत उम्मेदवारी दिने निर्णय भएको महासचिव बेदुराम भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस