एमालेले विराटनगरको मेयर-उपमेयरको उम्मेदवार टुङ्ग्यायो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेले विराटनगरको मेयर-उपमेयरको उम्मेदवार टुङ्ग्यायो


१२ बैशाख २०७९, सोमबार


विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुङ्ग्याएको छ ।

एमालेले महानगरको मेयरका लागि सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले मेयरमा एमाले विराटनगरका अध्यक्ष समेत रहेका थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्षसमेत रहेकी कार्कीको नाममा सहमति भएको बताए ।

एमाले १ नम्बर प्रदेश कमिटीले थापाको नाम एक नम्बरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेत सुझावका थप्दै केन्द्रीय कमिटी सचिवालयमा सिफारिस गरेको थियो ।

विराटनगरको मेयर र उपमेयरमा नेपाली काँग्रेसले मात्रै उम्मेदवारको निर्णय गर्न बाँकी रहेको छ ।

पाँच दलीय गठबन्धनले विराटनगरको मेयर काँग्रेसको र उपमेयरमा जनता समाजवादी पार्टीको भागमा पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस