भरतपुरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भरतपुरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति


१२ बैशाख २०७९, सोमबार


चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

हिजो (आइतबार) दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हो ।

भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।

सहमति अनुसार राप्रपाले महानगरको वडा नं. १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नं. ४,११, १६,१९ र २४ मा दुवै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन् । यी वडामा मित्रवत् प्रतिस्पर्धा हुने एमालेले जनाएको छ ।

बाँकी केही वडामा एमालेका वडाध्यक्षसहितका सदस्य हुनेछन् भने केहीमा एमालेका वडाध्यक्ष र राप्रपाका दुई जना सदस्य उम्मेदवार रहनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस