बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । भद्रपुरबाट काठमाडौँ आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर भेटिएको छ ।

नेपाल प्रहरीका अनुसारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर भेटिएको हो ।

जहाजको सिटमा छालाको ह्यान्ड ब्यागबाट शनिबार साँझ डलर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस