९५.५ अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

९५.५ अङ्कले बढ्यो नेप्से


११ बैशाख २०७९, आइतबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ९५.५ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २४ सय नाघेको छ । नेप्से २४२० अङ्कमा पुगेको छ ।

एउटा कम्पनीको मूल्य स्थिर, एउटाको गिरावट आयो भने १९३ को बढ्यो । २ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूह उक्लिएका छन् ।

बैङ्किङ ४२, विकास बैङ्क २६२, फाइनान्स १४३, होटल तथा पर्यटन ८४, जलविद्युत् १८९, जीवन बीमा ४२३, उत्पादन १५६, माइक्रोफाइनान्स १७९, निर्जीवन बीमा ४३४, अन्य ८८ र व्यापार उपसमूह २२ अङ्कले बढे ।

१८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । नेसनल हाइड्रो, बेस्ट, श्री इन्भेष्टमेन्ट, मञ्जुश्री, जानाकी फाइनान्स, अरुणभ्याली, खानीखोला, घलेम्दी, युनिभर्सल र हिमाल दोलखा हाइड्रोको मूल्य १० प्रतिशतले बढ्यो ।

अरु ८ कम्पनीको मूल्य करिब १० (९.९ प्रतिशतभन्दा धेरै) ले बढेको छ । जल्पा, इमर्जिङ, पोखरा फाइनान्स, आँखुखोला, नेपाल हाइड्रो, बरुण, सिंगटी हाइड्रो तथा युनाइटेड मोदीको मूल्य ९.९ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैङ्क संस्थापक, शिवं सिमेन्ट, अरुणभ्याली हाइड्रो, हिमालयन डिस्टिलरी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस