राजस्व चुहावट आरोपमा ३६ करोड बिगोसहित ५ जनाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजस्व चुहावट आरोपमा ३६ करोड बिगोसहित ५ जनाविरुद्ध मुद्दा दायर


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । राजस्व चुहावट गरेको आरोपमा उच्च अदालत पाटनमा ५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

राजस्व अनुसन्धान विभागले ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ माग दाबी गरेर मुद्दा दायर गरेको हो ।

मनिषकुमार अग्रवाल, हितेषकुमार अग्रवाल, प्रमित महर्जन, विमल अग्रवाल र दीपेन्द्रकुमार अग्रवालले सञ्चालन गरेको विभिन्न फर्मले राजस्व चुहावट गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

श्री शुभलक्ष्मी इन्टरनेशनलका कारोबारी मनिषकुमार अग्रवाल, एचबी ट्रेड एन्ड सप्लायर्सका हितेषकुमार अग्रवाल, एम के इन्टरनेशनलका प्रमित महर्जन, एचबी ट्रेड एन्ड सप्लायर्सका विमल अग्रवाल र गणपति ट्रेड लिङ्कका दीपेन्द्रकुमार अग्रवालविरुद्ध मुद्दा दायर भएको छ ।

यी कम्पनीहरुले राजस्व चुहावट गर्ने मनसायले नक्कली र झूटो विवरण र बिजक पेस गरेर राजस्व चुहावट गरेको आरोप लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस