मेयरमा उठ्न प्रदेश १ एमालेका दुई सांसदले दिए राजीनामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेयरमा उठ्न प्रदेश १ एमालेका दुई सांसदले दिए राजीनामा


११ बैशाख २०७९, आइतबार


विराटनगर । प्रदेश नम्बर १ का दुई प्रदेशसभा सदस्यहरुले राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न झापाका गोपाल बुढाथोकी र इलामका काजीमान कागतेले राजीनामा दिएका हुन् ।

बुढाथोकी मेची नगरको मेयर र कागते सूर्योदय नगरपालिको मेयरमा उठ्ने तयारीमा रहेका छन् ।

उनीहरु दुबै जना एमालेबाट निर्वाचन प्रदेशसभा सदस्य हुन् ।

बुढाथोकी झापा १ (ख) र कागते इलाम १ (ख) बाट निर्वाचन भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस