८१ वर्षीय व्यञ्जनकारले ललितपुरमा गरे पहिलो मनोनयन दर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

८१ वर्षीय व्यञ्जनकारले ललितपुरमा गरे पहिलो मनोनयन दर्ता


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । ललितपुर महानगरपालिकामा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

ललितपुर महानगरपालिका वडा नं. १० को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि पनि उनले १० पटकसम्म उनले वडाध्यक्ष जितेका थिए ।

ललितपुरको कुपण्डोल नारायणी होटल आसपासको क्षेत्रका बासिन्दामाझ लोकप्रिय रहेका उनले स्थानीय बासिन्दाकै आग्रहमा फेरि पनि चुनाव लड्न लागेको बताए ।

उनले आफूले वडाका बासिन्दाको हितमा काम गर्दै आएको र फेरि पनि वडाध्यक्ष जितेर उनीहरुकै सेवा गर्ने व्यञ्जनकारले बताए ।

२०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यतिबेला उनले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता यो वडाको नेतृत्व उनले नै गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस