समन्वय समिति रुपन्देहीका उपप्रमुख यादव राप्रपामा प्रवेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समन्वय समिति रुपन्देहीका उपप्रमुख यादव राप्रपामा प्रवेश


११ बैशाख २०७९, आइतबार


रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपालबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित यादव यसअघि जसपा परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।

एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्यसमेत रहेका उनी एमाले परित्याग गरी आइतबार राप्रपामा प्रवेश गरेका हुन् ।

उनलाई नेता दीपक बोहरासहितका नेताहरूले राप्रपामा स्वागत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस