स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता जारी


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता जारी छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन पत्र दर्ता भइरहेको छ ।

उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ ।

७५३ स्थानीय तहमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । आइतबार र सोमबारका लागि मनोनयनको समय तोकिएको छ ।

बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिए बमोजिमको प्रक्रिया पूरा गरी मनोनयन पत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।

मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यतालिका छ ।

वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस