स्थानीय तह निर्वाचन : आजदेखि उम्मेदवारी दर्ता सुरु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

स्थानीय तह निर्वाचन : आजदेखि उम्मेदवारी दर्ता सुरु


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । यही वैशाख ३० का गते हुने स्थानीय तहको निर्वाचनका लागि आज (आइतबार) देखि उम्मेदवारी दर्ता सुरु हुँदै छ ।

यस पटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिएको छ ।

आज र भोलि (सोमबार) दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् ।

देशैभर मनोनयन दर्ता र निर्वाचन प्रक्रियाको सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्य सञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार १२ गते सोमबार नै मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका तय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस