चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी बरामद « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी बरामद


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको सारी प्रहरीले बरामद गरेको छ। निर्वाचन आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको एक सय १० थान साडी प्रहरीले बरामद गरेको हो ।

शनिवार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरीत स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचनापछि प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका –८ को वडा कार्यालय भवनबाट वितरणका लागि तयारी अवस्थामा राखिएको साडी बरामद गरेको प्रहरीले जनाएको छ ।

वडा कार्यालयले महिलाहरूलाई साडी वितरण गर्न लागेको सूचना शनिवार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस