६ वटा महानगरमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

६ वटा महानगरमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । ६ वटा महानगरपालिकामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यो आयोगको पूर्व निर्णय हो । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।

यसो हुँदा राष्ट्रिय दलहरूले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न रहन्छ, उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न रहँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस