स्थानीय तहमा उम्मेदवारी दिन के-के चाहिन्छ कागजात, शुल्क कति लाग्छ ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय तहमा उम्मेदवारी दिन के-के चाहिन्छ कागजात, शुल्क कति लाग्छ ?


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ ।

स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयन पत्र दाखिला गर्दा पेस गर्नुपर्ने कागजातको सूची नै सार्वजनिक गरेको छ ।

उम्मेदवारी दर्ता गराउन पहिले त सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम हुनुपर्छ । त्यसपछि सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ ।

नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५०० रुपैयाँ धरौटी राख्नुपर्छ । महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्नेछ ।

कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ । कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा आवश्यक पर्नेछ ।

वडा अध्यक्षमा उम्मेदवारी दिन १००० रुपैयाँ शुल्क लाग्नेछ । वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।

हेर्नुहोस् निर्वाचन आयोगले बनाएको सूची

Tags :
प्रतिक्रिया दिनुहोस