हेटौँडाको मेयरकी उम्मेदवार लामाले दिइन् राजीनामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हेटौँडाको मेयरकी उम्मेदवार लामाले दिइन् राजीनामा


१० बैशाख २०७९, शनिबार


हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले उपमेयर पदबाट राजीनामा दिएकी छन् । उनले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् ।

सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा एकीकृत समाजवादी पार्टीकी उनको नाम मेयर पद उम्मेदवारी दिने गरी टुङ्गो लागिसकेको छ।

शनिवार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुङ्ग्याउन बसेको बैठकले हेटौँडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालीन नेपाली काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् । पछि उनी एमाले विभाजन हुँदा समाजवादीतिर लागेकी थिइन् ।​

Tags :
प्रतिक्रिया दिनुहोस