प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरूको टोली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) बिहान देउवाले ५ सदस्यीय टोलीलाई भेट गरेका हुन् ।

भेटको क्रममा नेपाल-अमेरिका मित्रता र सरकार, संसद् र जनता आबद्ध बहु आयामिक साझेदारीका उपायबारे बिचार आदान प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटपछि शनिबार नै प्रधानमन्त्रीले यसबारे जानकारी दिएका थिए । भेटको क्रममा नेपाल जलवायु परिवर्तन लगायत विश्वव्यापी मुद्दामाथि पनि छलफल भएको बताइएको छ ।

युक्रेनमाथि रुसी हमलाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर अमेरिकी सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा रहेको उक्त टोली शुक्रबार साँझ नेपाल आइपुगेको हो ।

टोलीका अन्य सदस्यमा सेनेटरहरु (माथिल्लो सदनका) शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली छन् । यस्तै, प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स पनि टोलीमा रहेका छन् । उनीहरु सबै डेमोक्र्याटिक पार्टीमा आबद्ध हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस