जी २० सम्मेलनमा सहभागिता बारे पुटिन अझै अनिर्णीत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जी २० सम्मेलनमा सहभागिता बारे पुटिन अझै अनिर्णीत


१० बैशाख २०७९, शनिबार


मस्को । विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागीताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णीत भएका छन् ।

उनका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरे पनि चाडै निर्णय आउने अपेक्षा गरिएको छ ।

‘उनले गर्ने निर्णय जति सक्दो चाँडो हामीले यहाँहरुलाई जानकारी गराउने छौँ, तर अहिलेसम्म भने कुनै निर्णय भएको छैन,’ प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुलाई भने ।

विदेशी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गर्ने जिम्मेवारी पाएका इन्डोनेसियाका अर्थ मन्त्री मुल्यानी इन्द्रावतीले रुसी राष्ट्रपति पुटिनसहितका सबै २० देशका राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा पठाइसकेका छन् ।

विश्व चर्चित र चासोका साथ हेरिने जी–२० सम्मेलन आगामी नोभेम्बरमा इन्डोनेसियाको बालीमा आयोजना गर्ने तय भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस