परराष्ट्रमन्त्री खड्का र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

परराष्ट्रमन्त्री खड्का र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का र औपचारिक भ्रमणमा आएका अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ ।

आज (शनिबार) सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले मन्त्री खड्कासँग भेटवार्ता गरेको हो ।

उनीहरूबीच आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस्तै, द्विपक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका क्षेत्रहरूमा पनि विचार आदानप्रदान गरिएको थियो ।

चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौँ आइपुगेको थियो ।

टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७ औँ कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) छन्।

औपचारिक भ्रमणमा आएको अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्नेछ ।

उनीहरूको समूह हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित छ ।

अमेरिकी सिनेटरको टोली आइतबार फर्किने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस