वीरगन्जको उपमेयर उम्मेदवारमा काँग्रेसबाट १३ जना सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीरगन्जको उपमेयर उम्मेदवारमा काँग्रेसबाट १३ जना सिफारिस


१० बैशाख २०७९, शनिबार


वीरगन्ज । नेपाली काँग्रेसले वीरगन्ज महानगरपालिकाको उपमेयरका लागि १३ जनाको नाम सिफारिस गरेको छ ।

वीरगन्ज महानगर कमिटीले आकाङ्क्षी १३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको हो ।

केन्द्रबाट गठबन्धन गर्दा वीरगन्ज महानगरपालिकामा काँग्रेसले उपमेयर पाएको छ । गठबन्धनबाट उपमेयरको उम्मेदवार बन्न पाउँदा जित्ने सम्भावना बढी हुने भएपछि आकाङ्क्षी बढी देखिएका हुन् ।

उपमेयरका लागि हालकी उपमेयर शान्ति कार्की, जिल्ला सचिव इम्तियाज आलम, नेतृ डाक्टर सुस्मा तिवारी, नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ, क्षेत्रीय सभापति महम्मद साहवुदिन, कार्यपालिका सदस्य अरविन्द गुप्ता, महानगरका पूर्व सभापति भोला कलवार, नेता राजु गुप्ता, नेतृहरु किरण सरकार, रुपा श्रेष्ठ, विद्या श्रेष्ठको नाम सिफारिस भएको नेपाली काँग्रेस महानगरपालिका समिति स्रोतले जनाएको छ ।

मेयरका आकाङ्क्षीहरू पनि उपमेयरमा दाबेदारी दिन आएपछि आकाङ्क्षीको संख्या बढी देखिएको हो । नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ मेयरका आकाङ्क्षी थिए । मेयर जसपाको भागमा परेपछि उनीहरुले उप मेयरमा दाबेदारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस