उपमहानगर र महानगरको उम्मेदवार टुङ्गो लगाउन एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपमहानगर र महानगरको उम्मेदवार टुङ्गो लगाउन एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । स्थानीय चुनावका लागि उम्मेदवार टुङ्गो लगाउन नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज (शनिबार) बस्दै छ ।

दिउँसो ३ बजे एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बस्दै छ ।

बैठकमा स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवाद र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन छलफल हुने सचिवालयले जनाएको छ ।

एमालेले महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुङ्गो केन्द्रबाट लगाउने वैधानिक व्यवस्था छ ।

६ वटा महानगरपालिकामध्ये ललितपुरमा हरिकृष्ण व्यञ्जनकार, वीरगन्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस