चार डिआइजीलाई दर्ज्यानी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चार डिआइजीलाई दर्ज्यानी


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । पदोन्नति भएका चार जना प्रहरी नायब महानिरीक्षक(डिआइजी)लाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाल सरकार गृह मन्त्रालय(मन्त्री स्तर)को २०७९ वैशाख ८ को निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस