काँग्रेस जनकपुर सभापतिले दिए राजीनामा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काँग्रेस जनकपुर सभापतिले दिए राजीनामा


९ बैशाख २०७९, शुक्रबार


जनकपुरधाम । नेपाली काँग्रेस, जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले पार्टी परित्याग गरेका छन् ।

जनकपुरको मेयरमा जनता समाजवादी पार्टी (जसपा) लाई समर्थन गर्ने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।

जनकपुरमा पार्टी मजबुत हुँदाहुँदै नेतृत्वले जसपालाई समर्थन गर्ने आत्मघाती निर्णय गरेकाले आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस