एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर आज (शुक्रबार) आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै छ ।

त्यस्तै सोही अवसरमा थापाथलीमा रहेको पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा स्थानान्तरण हुनेछ । आज नेकपा एमालेको ७४ औँ स्थापना दिवस हो ।

पार्टी कार्यालय स्थानान्तरण र घोषणापत्र सार्वजनिकसँगै एमालेले १७ जना कम्युनिस्ट योद्धाहरुलाई सम्मान पनि गर्ने कार्यक्रम तय गरेको छ ।

भव्य समारोहबीच हुने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस