रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


८ बैशाख २०७९, बिहिबार


रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाको सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत एवम् रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालका अनुसार बिहीबार रसुवा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका स्थानीय तहहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचनको कार्यालय स्थापना गरिएसँगै निर्वाचन कार्य तीव्र रूपमा अघि बढाइएको छ । पाँच वटा गाउँपालिका रहेको जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि उत्तरगया गाउँपालिका मुना अधिकारी ढकाल, कालिका गाउँपालिकामा अशोकराज रेग्मी, नौकुण्ड गाउँपालिकामा कल्पना खतिवडा, आमाछोदिङ्मो गाउँपालिकामा शान्तिप्रसाद लुइँटेललाई निर्वाचन अधिकृत तोकिएको छ ।

वैशाख २३ गतेसम्ममा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिइसक्ने गरी तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस