सडक पेटीमा टुक्रुक्क सरकारी गाडी ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सडक पेटीमा टुक्रुक्क सरकारी गाडी !


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । देशको प्रमुख प्रशासकीय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वको केन्द्र सिंहदरवारमा कतिपय यस्ता बेथिति पनि देखिन्छन्, जुन ……लाई भन्दा देख्नेलाई लाज भन्ने नेपाली उखानसँग ठ्याक्कै मेल खान्छन् । वन तथा वातावरण मन्त्रालयको प्राङ्गणमा पार्किङ गरिएको यो सरकारी गाडी हेर्नुहोस् त ? एक दिन र एक पटक मात्रै होइन, प्रायः जसो यही टुक्रुक्कै यसरी सडक पेटीमा पार्किङ गरिएको हुन्छ ।

नीति निर्माता अर्थात् राजनीतिक नेतृत्व रामसहाय प्रसाद यादव र प्रशासनिक प्रमुख अर्थात् नेपाल सरकारका विशिष्ट श्रेणीका सचिव डा. पेम नारायण कँडेल पनि यही भवनभित्रबाट शासन सञ्चालन गर्छन् । अझ भनौँ दिनकै कैयौँ पटक ओहोर दोहोर गर्छन् तर यात्रु हिँड्ने सडक पेटीमा सवारी यसरी राखिएको भने देख्दैनन् या देखे नदेखेझैँ गर्छन् ।

के यत्ति पनि थाहा नपाएरै हो त यति सारो बेथितिलाई पालि राखेको ? अनेकन् कार्यक्रममा विकसित मुलुकहरूको भ्रमण बाक्लै हुन्छ, यस्तै देखिन्छ त विदेशतिर ? जो अगुवा उही बाटो….भनेझै नेता र नेतृत्वले देखाउने बाटो यस्तै हुन्छ त मन्त्रीसचिवज्यू ?

यति मात्रै हो र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेत रहेको सोही भवनको प्राङ्गणमा लेखिएको छ, मोटर साइकिल तथा गाडी पार्किङ पछाडि तर राखिएको छ अगाडी ?

 

Tags :
प्रतिक्रिया दिनुहोस