ललितपुर विस्फोटमा २ जनाकाे मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ललितपुर विस्फोटमा २ जनाकाे मृत्यु


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ ।

महानगरीय प्रहरी परिसर, जावलाखेलका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको पनि मृत्यु भएको हो ।

बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विस्फोट भएको थियो । घटनामा भारत, पश्चिम चम्पारमका ४५ वर्षीया बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो । थप चार जना घाइते थिए ।

घाइतेमध्ये मृत्यु हुनेमा भारत घर भई हाल ललितपुर–१८ बस्दै आएका २५ वर्षीय राजकुमार महतोको पनि मृत्यु भएको हो । अस्पतालले घाइतेहरूलाई डिस्चार्ज गरिसकेको छ ।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस