नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने विश्व बैङ्कको प्रक्षेपण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने विश्व बैङ्कको प्रक्षेपण


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदरको लक्ष्य राखेको चालु आर्थिक वर्ष २०७८/७९ मा बहुराष्ट्रिय दातृ निकायहरूले भने त्यसको आधा मात्र प्राप्ति हुने प्रक्षेपण गरिरहेका छन् ।

यसमा विश्व बैङ्कले अघिल्लो प्रक्षेपण भन्दा पनि कम हुने गरी नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व बैङ्कले गत पुसमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो ।

बिहीबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैङ्कले आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ । खास गरी बाह्य क्षेत्रमा परेको तीव्र दबाबको प्रभाव अर्थतन्त्रमा समेत पर्ने देखिएको हो ।
जसमा रुस र युक्रेनको युद्ध र उसले निम्त्याएको महँगी एक कारण हो ।

६ महिनाको अवधिका तथ्याङ्कहरूको विश्लेषण गर्दै विश्व बैङ्कले कमजोर विकास खर्चको अवस्थालाई समेत चित्रण गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस