जर्मनीका अर्थमन्त्रीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जर्मनीका अर्थमन्त्रीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि


८ बैशाख २०७९, बिहिबार


वासिङ्टन । जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड–१९ पोजेटिभ देखिएको मन्त्रालयका एक अधिकारीले बुधबार जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुगेका लिन्डनरलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ ।

लिन्डनरले कोरोना पोजेटिभ देखिनुअघि अर्थमन्त्रीहरू र केन्द्रीय बैङ्कका अध्यक्षहरूको जी२० बैठक र जी७ बैठकमा भाग लिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

जर्मनीले हाल जी७ को अध्यक्षता गर्दै आएको छ । मन्त्री ठिक भएको र उनलाई हल्का लक्षण मात्रै देखिएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

मंगलबार बर्लिनबाट वाशिंगटन र बुधवार वाशिंगटनमा उनको उडान अघिको परीक्षणहरू नेगेटिभ रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस