नेपालमाथि चीनले नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन : राजदूत यान्छी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालमाथि चीनले नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन : राजदूत यान्छी


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि ‘नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताएकी छन् ।

चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्विपक्षीय व्यापारको तथ्याङ्कले त्यो नदेखाउने बताइन् ।

‘नेपालबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको छ । यो अघिल्लो समयकोभन्दा ६३ प्रतिशतले बढी हो,’ राजदूत होउले भनिन्, ‘त्यसले कथित सफ्ट ब्लकेड भनिने गरेको विषय आधारहीन रहेको देखाउँछ ।’

पत्रकार सम्मेलनमा उनले कोरोना महामारीमा स्वास्थ्यलाई ध्यानमा राखेर कदम चलिएको बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस