सेनाको गणभित्रै गोली लागेर घाइते भएकी सिपाहीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेनाको गणभित्रै गोली लागेर घाइते भएकी सिपाहीको मृत्यु


८ बैशाख २०७९, बिहिबार


रुपन्देही । गणभित्रै गोली लागेर घाइते भएकी महिला सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ ।

हिजो (बुधबार) साँझ नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशी गोली लागेर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैरहवास्थित मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार उनलाई उपचारका लागि राति नै काठमाडौँ लैजाने तयारी गरिए पनि हेलिकप्टर नआइदिएपछि भैरहवामै उपचार गरिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेको खुलेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस