मलेसियामा कोभिड सङ्क्रमण बढ्यो, ६ हजारभन्दा बढी सङ्क्रमित, १२ को मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मलेसियामा कोभिड सङ्क्रमण बढ्यो, ६ हजारभन्दा बढी सङ्क्रमित, १२ को मृत्यु


८ बैशाख २०७९, बिहिबार


क्वालालम्पुर । मलेसियामा पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको पाइएको छ ।

यहाँ गएको २४ घण्टा यता मात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ ।

यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् ।

उनीहरुका अनुसार गएको २४ घण्टा यता मात्र यहाँ ६ हजार ६९ जना सङ्क्रमित भएको पाइएको छ ।

यहाँ अहिलेसम्ममा ४४ लाख भन्दा बढी सङ्क्रमित भएका छन् भने ३५ हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ ।

यहाँ कोभिड सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरुको पालनामा पनि कडाइ गरेका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस