एमाले सचिवालयको बैठक बस्दै, महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले सचिवालयको बैठक बस्दै, महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल हुने


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

आज (बिहीबार) दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबन्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको छ ।

मूलतः बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने रिमालले बताए ।

एमालेको चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ ।

एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते एकै पटक केन्द्रबाट र स्थानीय पालिकाहरुबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस