चाँगुनारायणस्थित प्रतीक्षालयमा एक पुरुषको शव भेटियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चाँगुनारायणस्थित प्रतीक्षालयमा एक पुरुषको शव भेटियो


७ बैशाख २०७९, बुधबार


भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरुष मृतावस्थामा भेटिएको छ ।

ताथलीको नाला सडकको सोल्टी मोडमा सडक पेटीको प्रतीक्षालयमा आज नाम, वतन नखुलेको पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ ।

करिब ३५÷३६ वर्षको कालो वर्णको तराईवासी जस्तो देखिने पुरुषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएर घटनाको अनुसन्धान र शवको पहिचानका लागि प्रयास सुरु गरेको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस