नेपालगञ्ज उपमहानगरपालिकाको विवाद समाधान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालगञ्ज उपमहानगरपालिकाको विवाद समाधान


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वलाई लिएर भएको विवाद समाधान भएको छ ।

बुधबार बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकले नेपालगञ्जको नेतृत्व नेपाली काँग्रेसले पाउने गरी सहमति जुटाएको हो ।

योसँगै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागबन्डा टुङ्ग्याएको छ । सबै महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस