हेटौँडामा मेयर पद नपाए एकल उम्मेदवारी दिने काँग्रेसको चेतावनी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हेटौँडामा मेयर पद नपाए एकल उम्मेदवारी दिने काँग्रेसको चेतावनी


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीले लिने सत्तारुढ गठबन्धनको शीर्ष नेताको सहमतिप्रति नेपाली काँग्रेसको नगर समितिले असहमति जनाएको छ ।

उक्त सहमतिले नेपाली काँग्रेसका कार्यकर्ताको मनोभावनामा ठेस पुगेको, गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै काँग्रेसले निर्णयलाई पुनरावलोकन गरी काँग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरूबिच सहमति गर्न माग गरेको छ ।

यो निर्णयको पुनरावलोकन नभएमा हेटौँडामा गठबन्धनका दलहरूसँग मित्रवत् प्रतिस्पर्धा गर्ने काँग्रेसले बताएको छ ।

हेटौँडा उपमहानगरपालिका समितिका नगर सभापति उत्सव इटनीले विज्ञप्ति जारी गरी नगर समितिका पदाधिकारी र सबै वडाका सभापतिको बैठकले मेयरको टिकट नपाए गठबन्धनका दलहरूसँग काँग्रेस मित्रवछ प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताए ।

हेर्नुहोस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस