काठमाडौँमा गठबन्धनको मेयर उम्मेदवार सिर्जना सिंह बन्ने निश्चित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा गठबन्धनको मेयर उम्मेदवार सिर्जना सिंह बन्ने निश्चित


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने लगभग निश्चित भएको छ ।

महानगर कार्यसमितिले आकाङ्क्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरू सहमत भएका छन् ।

मङ्गलवार बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस नेताहरूले सिंहलाई काठमाडौँमा मेयरको उम्मेदवार उठाउने भएका हुन् ।

विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस