विद्यालयका प्रअ गाउँपालिका अध्यक्षमा सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यालयका प्रअ गाउँपालिका अध्यक्षमा सिफारिस


७ बैशाख २०७९, बुधबार


रुकुम पश्चिम। नेपाली काँग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधानाध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ ।

काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो ।

खड्का २७ वर्षदेखि अध्यापनरत छन् । प्रावि द्वितीय तहमा कार्यरत खड्काले आफू राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए । पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको खड्काले बताए ।

उपाध्यक्षको उम्मेदवारमा सृष्टि बाँठामगरलाई सिफारिस गरिएको काँग्रेस गाउँ कार्यसमिति सचिव सन्तोष ओलीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस