भेरी अस्पताललाई सम्मान « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

भेरी अस्पताललाई सम्मान


७ बैशाख २०७९, बुधबार


नेपालगन्ज । बाँकेको भेरी अस्पताल, नेपालगन्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा. राजन पाण्डेलाई उक्त पुरस्कार प्रदान गरे ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ ।

अस्पताललाई कर्मचारी मिलन केन्द्र बाँकेको कार्यक्रममा पुरस्कृत तथा सम्मान गरिएको थियो ।

सो अवसरमा कर्मचारी मिलन केन्द्रले प्रकाशन गरेको नयाँ क्यालेन्डरको समेत विमोचन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस