काँग्रेसबाट धरानको मेयरमा ९ जना सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसबाट धरानको मेयरमा ९ जना सिफारिस


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट ९ जनाको नाम सिफारिस भएको छ ।

हिजो (मंगलबार) बसेको नगर कार्यसमिति बैठकले मेयर र उपमेयरका लागि आकाङ्क्षीका नाम सिफारिस गरेको हो ।

मेयरका लागि अहिलेका मेयर तिलक राई, किशोर राई, पर्वत राई, अजय राई, उमेश थापा, सुजेन्द्र तामाङ, श्यामा रेग्मी, गोविन्द दर्नाल र मिना पुलामीको नाम सिफारिस गरिएको नगर कार्यसमितिले जनाएको छ ।

यस्तै उपमेयरमा हिमाल राई, मनिता घिमिरे, झुमा राई, उर्मिला प्रधान, शिला बज्राचार्य, निलकुमारी थापा, कुसुम ओली, निर्मला शाक्य, सन्तोष विश्वकर्मा र कोपिला भट्टराईको नाम सिफारिस भएको छ ।

नगर कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै जिल्ला कार्यसमितिलाई आकाङ्क्षीका नाम पठाएको छ । अब जिल्लाले रायसहित प्रदेशमा नाम पठाउनेछ । काँग्रेस विधानअनुसार उपमहानगरको टिकट भने प्रदेश संसदीय समितिले दिने व्यवस्था छ ।

सत्तारूढ पाँच दलीय गठबन्धनले वैशाख ३० मा हुने चुनावमा मिलेर जाने सहमति गरेका छन् । धरान उपमहानगर काँग्रेसले लिने लगभग पक्का छ ।

Tags :
प्रतिक्रिया दिनुहोस