विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक भोलि नेपाल आउँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक भोलि नेपाल आउँदै


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयसस भोलि (बिहीबार) नेपाल आउँदै छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी वैशाख ८ देखि १० गतेसम्म नेपाल भ्रमणमा आउन लागेको मन्त्रालयले जनाएको छ ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भ्रमणका क्रममा डा. टेड्रोसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस