सिटिजन्स बैंक खुला टेनिस अर्को साता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिटिजन्स बैंक खुला टेनिस अर्को साता


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ जिल्ला टेनिस सङ्घको आयोजनामा आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता हुने भएको छ ।

यही वैशाख ११ गतेदेखि हुने उक्त प्रतियोगितामा करिब २५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न १० विधामा प्रतिस्पर्धा हुनेछ ।

पुरुष÷महिला एकल, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि एकल र डबल्स तथा ६५ वर्षमाथि एकल विधामा प्रतिस्पर्धा हुनेछ ।

सबै स्पर्धाका विजेतालाई पुरस्कार प्रदान गरिनेछ । कूल नगद पुरस्कार राशि रु पाँच लाख १७ हजार राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ ।

साताव्यापी प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस