नेप्सेमा दोहोरो अङ्कको वृद्धि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


६ बैशाख २०७९, मंगलबार


शेयर बजार

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार नेप्से परिसूचक नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

मंगलबार १३.३७ अङ्कले बढेको बजार २३५७.२४ बिन्दुमा पुगेर रोकियो । यो 0.५७ प्रतिशतको वृद्धि हो ।

सोमबार कुल २२९ कम्पनीको २७ हजार ८ सय ४१ वटा कारोबार भएको छ । यी कारोबारबाट ३२ लाख १३ हजार १ सय ९५ कित्ता मात्र सेयर किनबेच भएको देखिएको छ ।

यसअघि आइतबार र सोमबार बजारमा ठुलो गिरावट आएको थियो । मंगलबार भने बजार केही सम्हालिएको छ । मंगलबार १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार९ सय ३२ रुपैयाँको कारोबार भएको छ । मंगलबार सबै उपसमूह हरियो देखिए । सबैभन्दा बढी अन्य र होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।

मंगलबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । मेगा म्यूचअल फण्ड, शिवश्री हाइड्रो र हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य समेत धेरै बढ्नेमा रहेको छ । डिव्येश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.८२ प्रतिशतले घट्यो । मंगलबार नविल बैङ्कको सबैभन्दा धेरै ६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस