प्रदेश सचिव अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश सचिव अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेश बुटवलका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले लुम्बिनी प्रदेश बुटवल, रुपन्देहीका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध ४३ लाख ३७ हजार ५०० रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरुविरुद्ध कृषि यान्त्रीकरण कार्यक्रममा मिनी टिलरको झुट्टा बिल भरपाई बनाईरदोहोरो बिलको भुक्तानी लिनेरदिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनी टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैर कानुनी हानि पुर्‍याएको भन्दै भन्दै उजुरी परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस