महतोको फेसबुक ह्याक ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महतोको फेसबुक ह्याक !


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ।

आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिएको महतोले बताए ।

‘मेरो फेसबुक ह्याक गरी सुनियोजित रुपमा कसैले यो समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘यस मा कुनै सत्यता नरहेको प्रस्ट पार्न चाहन्छु। यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्नेछु।’

उनको फेसबुकमा लोसपाबाट विश्राम लिएको लेखिएको थियो । उक्त कुरामा विश्वास नगर्न पनि महतोले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस