अछाम र धादिङका दुई स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत फेरिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अछाम र धादिङका दुई स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत फेरिए


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । वैशाख ३० को स्थानीय निर्वाचनका लागि खटाइएकामध्ये अछाम र धादिङका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत फेरिएका छन् ।

निर्वाचन आयोगले हिजो (सोमबार) निर्णय गर्दै अछामको मङ्गलसेन नगरपालिकामा अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको ठाउँमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठलाई पठाएको छ ।

त्यस्तै धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा हेरफेर गर्दै विशेष सरकारी वकिल कार्यालय काठमाडौँका श्रीकला पौडेललाई पठाइएको छ । यसअघि त्यहाँ वैदेशिक रोजगार न्यायाधिकरणका आनन्दराज पन्त खटिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस